महिला साफ च्याम्पियनसिप: नेपालका लागि इतिहास रच्ने दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– आज सोमबार नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलका लागि घरेलु टोली  र बंगलादेश बिच खेल हुँदै छ । ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुने छ । महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनलमा भिड्न मौका पाएका हुन् । यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।
महिला साफले सोमबार नयाँ च्याम्पियन टोली समेत पाउनेछ । यस खेलमा जुन टोलीले उपाधि जितेपनि अर्को इतिहास बन्नेछ । किनकि त्यो टोली साफको नयाँ च्याम्पियन टोली बन्नेछ । पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो । नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले छैटौं संस्करणको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताईसकेका छन् । यो साफको लागि भावनात्मक, मानसिक र शारीरिक रुपमा धेरै मेहेनत गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्