प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवार एमालेले टुंगो लगायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– आइतबार बसेको नेकपा एमालेले मंसिर ४ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार टुंगो लगाएको छ । सचिवालय बैठकले समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० जनाको नामावली पारित गरेको हो ।
प्रतिनिधिसभातर्फ ११० जनाको नाम प्रस्ताव हुँदा आदिवासीतर्फ ३२,खस आर्यतर्फ ३४ (आधा महिला आधा पुरुष, थारु ७, दलित १५, (आठ महिला सात पुरुष), मधेसीतर्फ १७, (नौ महिला, आठ पुरुष), मुस्लिमतर्फ ५ (३ महिला, २ पुलिसंं) जम्मा महिला ५७ गरी ११० जना छनोट गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै प्रदेशनम्बर १ का लागि २० महिलासहित ३७, मधेस प्रदेशमा २३ महिलासहित ४३, वागमतीमा क्लस्टर सहित ४४ जना, गण्डकीमा आदिवासीतर्फ ११ जना जसमा ६ महिला ५ पुरुष, खस आर्यतर्फ नौ जनामा ५ महिला ४ पुरुष, दलिततर्फ ४ मा दुई महिला र दुई पुरुष रहेको एमालेले जनाएको छ ।

लुम्बिनी प्रदेशका लागि आदिवासी जनजाति ७, खस आर्यतर्फ १७, थारूतर्फ ५, मधेसी ५ र मुस्लिम ३ जना सिफारिस गरेको छ । कर्णालीमा आदिवासीको १ महिला, खस आर्य १०, दलित ४ जना रहेका छन् ।
सुदुरपश्चिम आदिवासी महिला १, खस आर्य १२,थारु ४, दलित ४ मधेसी १ मुस्लिम १ सिफारिस भएका छन् । अझै पनि नामहरु फेरबदल हुन सक्ने भने सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array