ट्रेजरी बिलको ब्याज दोहोरो अंकमा पुग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– ट्रेजरी बिलको ब्याज (बट्टा) दर पुनः दोहोरो अंकमा पुगेको छ। आइतबार बैंक तथा वित्तीय संस्थाले बढि दर माग्न थालेपछि राष्ट्र बैंकले आफैले किनेको छ । बैंकले बिलमा ११.२२ प्रतिशतमाथि ब्याज मागेपछि राष्ट्र बैंकले आफैले किनेर हस्तक्षेप गरेको हो।

यस्तै आज बैंक तथा वित्तीय संस्थाहरुले ३४ अर्ब ९६ करोड रुपैयाँ बराबर स्थायी तरलता सुविधा सापटी चलाएका छन्।
राष्ट्र बैंकले २८ दिनको २०० करोड, ९१ दिनको ५५३ करोड र १८२ दिनको ४३० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणमा राखेको थियो। यसमध्ये २८ दिनको २०० करोडको ट्रेजरी बिल बैंक तथा वित्तीय संस्थाहरुले नै फिर्ता पाएका छन्। यसको औसत ब्याज ८.९३ प्रतिशत छ।
९१ दिनको ५५३ करोडको नवीकरणमा राखिएकोमा बढि ब्याज माग गरिएपछि राष्ट्र बैंकले नै २४२ करोडको खरीद गरेको छ। यसको औसत ब्याज ९.८७ प्रतिशत छ। १८२ दिनको ४३० करोडको नवीकरणमा राखिएकोमा राष्ट्र बैंकले नै २३९ करोडको उठाएको छ। यसको औसत ब्याज ९.८७ प्रतिशत कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: