राजस्व अनुसन्धान विभागले घरजग्गा कारोबारको अनुसन्धान गर्ने तयारी गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं– शहरी क्षेत्रमा भू–माफियामाहरु धेरै सक्रिय भएर कर छल्ने लगायतका शंकासपद गतिविधि गर्न थालेपछि राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्ने भएको हो । विभागले विषेश गरी शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग घरजग्गा कारोबारको अनुसन्धानका लागि विवरण माग गरेको छ । घरजग्गाको मूल्य बढी भएको तर पुँजीगत लाभकर छली भएको आशंकाले विभागले शहरी क्षेत्रका मालपोत कार्यालयहरुसँग कारोबारको सम्पूर्ण विवरण मगाएको हो ।
घरजग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको उजुरी समेत परेपछि विभागले यस्तो विवरण मागेको हो । केही कारोबारमा पुँजीगत लाभकर छलिएकै पाइएपछि थप विवरण माग गरिएको विभागका महानिर्देशक झलकराम अधिकारीले बताए ।
विभागले सिमराको एउटा कारोबारको विषयमा भने अनुसन्धान नै सुरु गरिसकेको पनि जानकारी दिएको छ । सिमराको १८ विगाहाको जग्गा कारोबारमा पुँजीगत लाभकर छलिएको आशंका गर्दै विभागले अनुसन्धान सुरु गरेको हो । सो कारोबारमा पुँजीगत लाभकर छल्ने उद्देश्यले कारोबार रकम निकै नै कम देखाइएपछि अनसन्धान गरेको बताएको छ ।
घरजग्गाको मूल्य अत्यधिक बढेको समयमा जग्गा किन्दै बेच्दै गर्नेहरुले नाफा आर्जन गरेको भएपनि सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर नतिरी राजस्व चुहावट गरेको उजुरी परेपछि विभागले विवरण नै माग गरेर अनुसन्धान सुरु गरेको बताएको छ ।

अहिले आफूले किनेपछि ५ वर्ष वा सोभन्दा बढी समय आफैले राखेर बेच्दा जति फाइदा हुन्छ त्यसको २.५ प्रतिशत र ५ वर्षभन्दा कम समयमा विक्री गर्दा जति फाइदा हुन्छ त्यसको ५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ । विभागले अहिले यही करको अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: