पोखरा महानगरले मापदण्ड विपरीतका संरचना निर्माणमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – पोखरा महानगरपालिकाले कानुन विपरितका संरचना निर्माणमा प्रयोग भएका व्यवसायीका सवारी साधनलाई नियन्त्रणमा लिने बताएको छ। महानगरले एक सूचना जारी गर्दै निर्माण व्यवसायीहरुले सेवा प्रदान गर्दा निर्माण हुने संरचना वैध तथा मापदण्डभित्रको हो हैन यकिन गरेर मात्र सेवा प्रदान गर्न निर्माण व्यवसायीलाई सचेत गराएको हो ।

सूचनामा भनिएको छ -‘अनाधिकृत रुपमा मापदण्ड विपरीतका संरचना निर्माणमा सहभागी तथा प्रयोग गरिएका सवारी साधन लगायतका सामग्रीहरु नियन्त्रणमा लिइन्छ।’ केहीदिन अघि महानगरले पोखरामा अवैध तथा मापदण्ड भित्र परेका संरचना हटाउन ३५ दिने सूचना जारी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: