नेपाल धितोपत्र बोर्डद्वारा नयाँ ब्रोकर लाइसेन्स खुल्ला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरेको छ । आज सार्वजनिक सूचनामार्फत ३० दिनभित्र ब्रोकर लाइसेन्स तथा शेयर दलाल सम्बन्धी काम गर्न इच्छुक संस्थालाई प्रस्ताव आह्वान गरिएको छ ।

यसअघि बोर्डको नियमावली स्वीकृत भएसँगै बोर्डले नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरेको हो । नेप्सेमा शेयर कारोबार गर्दा झण्झटिलो व्यवस्थाको सामना गर्दै आएका, चाहेको समयमा खरिद गर्नै नसक्ने र बिक्री गर्न खोज्दा अनेकन झन्झट आउने, रियल टाइम सूचना नपाइने तथा ब्रोकर कम्पनीहरुले शेयर बिक्री बापतको रकम समयमा नदिने झन्झटिलो अवस्थाको अन्त्यको लागि नयाँ ब्रोकर लाइसेन्स खुल्ला गरिएको हो । नयाँ ब्रोकर लाइसेन्स दिने सेबोनको निर्णयको लगानीकर्ताहरुले स्वागत गरेका छन् ।

सूचना अनुसार आगामी ३० दिनभित्र आवेदन दिने आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीहरुले ब्रोकर लाइसेन्स पाउनेछन् । त्यसको लागि उनीहरुले सेबोनले तोकेको मापदण्ड पूरा गर्नु पर्ने छ । हाल नेपालमा ५५ वटा ब्रोक कम्पनीहरु सञ्चालनमा रहेका छन् । शेयर बिक्री गरेको पैसा महिनौसम्म झगडा गर्नुपर्ने र खरिद गरेको शेयरको रकम तत्काल भुक्तानी नगरे जरिवना तिराउने व्यवस्थाले लगानीकर्ताहरु हैरानीमा पर्दै आएका थिए ।

नयाँ लाइसेन्स खुल्ला सम्बन्धी प्रक्रिया पुरा भएपछि ब्रोकरहरुबाट प्रवाह हुने सेवा प्रवाह चुस्त दुरुस्त भई लगानीकर्ताहरुले निकै सहुलियत पाउने विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्