नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं–
इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुको मुख्य प्रायोजनमा नेपालमै पहिलो पटक एक साथ पब्जी र फ्रिफायर प्रतियोगिता हुने भएको छ । २२ सेप्टेम्बरदेखि शुरू हुने यो ‘अल्टिमेट ब्याटलः पब्जी एन्ड फ्रिफायर’ प्रतियोगिता नोभेम्बरमा सम्पन्न हुने बताइएको छ ।

पाँच हजार टिम सहभागी हुने अपेक्षा राखिएको पब्जी र फ्रिफायर प्रतियोगिताको ‘पुल प्राइज’ ‘कूल पुरस्कार राशी’ चार लाख रुपैयाँ रहेको छ । यस बाहेक विजेता खेलाडीहरूका लागि विभिन्न गिफ्ट ह्याम्पर समेत रहेको सुबिसुले जनाएको छ । प्रतियोगितामा सहभागी हुन चाहने टिमका लागि रजिष्ट्रेसन खुला भइसकेको छ ।
१५ सेप्टेम्बरदेखि शुरू भएको रजिष्ट्रेसन २० सेप्टेम्बरसम्म जारी रहनेछ । यहाँ क्लिक गरेर अथवा माथि फोटोमा रहेको क्यूआर कोड स्क्यान गरेर टिम दर्ता गर्न सकिने जानकारी दिएको छ ।
यसक साथै इच्छुक सहभागीहरूले सुबिसुको फेसबुक पेज तथा इन्स्टाग्राम पेजमार्फत प्रतियोगिताबारे थप जानकारी प्राप्त गर्नुका साथै गेमको ‘रुलबुक’ समेत हेर्न सक्नेछन् । सुरुवाती राउण्डहरू भर्चुअल रूपमा आयोजना हुने भए पनि फाइनल खेलहरू भने भौतिक उपस्थितिमा सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: