प्रचण्डले ओलीलाई भने ‘संसद र नेपाली जनतालाई भेडा सोचेको ?’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै एमाले अध्यक्ष खड्का प्रसाद शर्मा ओलीलाई भने
जसले जे बोले पनि हुने रहेछ कि के होजस्तो लाग्यो । उनले भने, ‘संविधान हामीले नै बनाएका होइनौँ र ? संविधान बनाउँदा के भनेका थियौँ ? संविधानको मर्म के हो ?हुन् र ?’

उनले अहिलेको सरकारले संविधान जोगाएको पनि बताए। अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको रिस पोख्न ओलीले संसद विघटन गरेको पनि बताए। उनले पार्टीभित्रका विवाद, मतभेद र समाधान गर्ने आफ्नै विधि छाडेर ओली संसद विघटनमा लागेको बताए।
ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको प्रचण्डको भनाई थियो । ‘सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म त्यसलाई विघटन गर्न पाइँदैन भनेर हामी सबैले सचेत रूपमा व्यवस्था गरेको होइन ?,’ उनले प्रश्न गरे, ‘सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको भावनाविपरीत सत्तारुढ दलको बैठक बस्दाबस्दै त्यसबारे चर्चा पनि नगरी हठात् प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो श्र उहाँले अहिलेको निर्वाचन पनि प्रतिगमन हो त रु भनेर प्रश्न गर्नुभयो । यो तुलना गर्नेको पनि हद हुन्छ ।

प्रचण्डले निर्वाचन घोषणा गर्ने कुरालाई आफूले प्रतिगमन नभनेको तर संविधान मिचेर हुँदै नभएको अधिकार प्रयोग गर्ने कुरालाई प्रतिगमन भनेको स्पष्ट पारे ।
उनले परमादेशको सन्दर्भ र संसदमा जारी सुनुवाइअनुसार यो सरकार जनताको दबाब, संविधान र संसदको बहुमतबाट बनेको प्रष्ट भएको उनको भनाइ छ। बरु अदालतलाई गलत बाटोमा लैजाने काम अघिल्लो सरकारले पो गरेको रहेछ भनेर निलम्बित प्रधानन्यायाधीशको सुनुवाईबाट पुष्टि भएको प्रचण्डले बताए।

प्रतिक्रिया दिनुहोस्

Array