काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमालेंं) ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रां) गरेको छ । ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो । संसद् विघटन गरेर एमालेमाथि संविधानलाई कमजोर बनाएको आरोप लागिरहेका बेला पार्टीले संविधान निर्माणमा पार्टीले गरेको अगुवाइको सन्देश दिन आजको पदयात्रा आयोजना गरेको एमाले पाटिको भनाई छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवसको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । संघर्ष र बलिदानीबाट निर्माण भएको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएकोमा ओलीले खुसीसमेत व्यक्त गरेका छन् । त्यस अवसरमा उनले भ्रष्टाचारको विरुद्धमा र राष्ट्रियताको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् । संविधानको रक्षा गर्दै नेपालीलाई नै साथमा लिएर देशलाई विकासको बाटोमा लैजानुपर्नेमा ओलीले जोड दिए ।
आज एमालेको पदयात्रा

प्रतिक्रिया दिनुहोस्