निर्वाचन आयोग द्वारा मतदाता नामावली प्रकाशन; सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–निर्वाचन आयोगले शुक्रवार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।
यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८,४७,५७९ महिला, ९१,४०,८०६ पुरुष र १८५ जना अन्य रहेका छन् ।
निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि देशभर १० हजार ८९१ मतदानस्थलमा २२ हजार २२६ मतदान केन्द्र तोकेको छ ।
प्रदेशअनुसार सबैभन्दा धेरै मतदान केन्द्र मधेस प्रदेशमा रहेका छन् भने सबै भन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । आयोगका अनुसार मधेस प्रदेशमा ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको छ । यस्तै बागमतीमा ४ हजार १४३, प्रदेश १ मा ४ हजार ९९, कर्णाली प्रदेशमा १ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा २ हजार १४६ र गण्डकी प्रदेशमा २ हजार ३३९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array