काठमाडौं–काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर लगाएको जानकारी दिएको छ । महानगरपालिकाले काठमाडौका विभिन्न क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन डोजर अभियान चलाएको छ । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो ।
नयाँबानेश्वरका अनधिकृत संरचनामा डोजर चलाउदै महानगरपालिका

प्रतिक्रिया दिनुहोस्