साफ महिला च्याम्पियनसिप; आज भारत र नेपालको प्रतिस्पर्धा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– साफ महिला च्याम्पियनसिपअन्तर्गत दोस्रो सेमिफाइनलमा आज भारत र नेपाल प्रतिस्पर्धा हुने छ । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास रच्ने लक्ष्यमा रहेका छन् । चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी साँढे पाँच बजे सुरु हुनेछ। सेमिफाइनलमा फेरी एक पटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ।

प्रतिक्रिया दिनुहोस्

Array