रुसी र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं–
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बिहिबार भेटवार्ता भएको छ। रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीबार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो। वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तर दुवै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।
यसअघि गत फेब्रुवरीमा आयोजित शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिनबीच भेट भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: