चाडबाडको मुखमा पेटमा लात हानेको भन्दै फुटपाथ व्यवसायी द्वारा महानगरपालिका घेराउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं–
चाडबाडको बेला गरिबको पेटमा लात हानेको भन्दै व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिविकोपार्जनका लागि महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको फुटपाथ व्यवसायीको भनाई छ । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गर्दै प्रदशन गरेका हुन् ।
साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array