एलोन मस्कलाई दबाब दिन ट्विटरका सेयरहोल्डरहरूद्वारा मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कलाई ४४ अर्ब अमेरिकी डलरमा ट्विटर कम्पनी खरिद गर्ने विषयको सम्झौतालाई अनुमोदन गराउन यसका सेयरहोल्डरहरूले मतदान गरेका छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित कम्पनीको प्रधान कार्यालयबाट लगानीकर्ताहरूलाई गरिएको संक्षिप्त कन्फरेन्स कललगत्तै मतदानको निर्णय भएको थियो । यस कदमपछि अब टिव्टरले अदालतमा मस्कलाई कम्पनी खरिदका लागि दबाब दिन प्रयास गर्नेछ । अमेरिकी सिनेट समक्ष ट्विटरका पूर्वसुरक्षा अध्यक्ष पिटर जात्कोले ‘विस्फोटक गवाही’ दिएपछि सेयर होल्डरहरूको यो बैठक बसेको थियो ।

गत अप्रिलमा ट्विटरले मस्कलाई कम्पनी बेच्ने सहमति जनाएको थियो । तर, केही समयपछि मस्कले ट्विटरले आफूलाई स्पाम र बट एकाउन्टको सङ्ख्याबारे गलत सूचना दिएको आरोप लगाउँदा त्यो सम्झौता समस्यामा परेको थियो । अन्ततः मे महिनामा मस्कले कम्पनी खरिद गर्न नचाहेको जनाएका थिए । तर, ट्विटरले भने मस्क सम्झौताबाट पछि हट्न नपाउने बताएको थियो ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले आफ्नो मुद्रीकरण योग्य दैनिक सक्रिय प्रयोगकर्ता (विज्ञापनहरू हेर्न सक्षमहरू) मध्ये ५ प्रतिशत भन्दा कम बट भएको बताएको थियो । तर, मस्कले सो प्रतिशत बताइएको भन्दा धेरै गुणा बढी हुनसक्ने बताएका थिए । बुधबारको यस मतदानले कम्पनीलाई अदालतमा मस्कलाई दबाब दिने अनुमति प्रदान गरेको छ । आगामी अक्टोवरमा अमेरिकाका डेलावर राज्यको एउटा अदालतमा ट्विटर र मस्कबीच आमनेसामने हुँदैछ ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

Array