चाडबाडको मुखमा पेटमा लात हानेको भन्दै महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले आन्दोलन गर्ने घोषणा गरेको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने जानकारी दिइएको छ । चाडबाडको मुखमा गरिबको पेटमा लात हानेको भन्दै आन्दोलन गर्ने घोषणा गरका हुन् ।
संघका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरु बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगरको कार्यालय परिसरमा पुग्ने छन् ।
जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थित नगरेर विस्थापन गर्न खोजेको भन्दै आन्दोलन गर्ने संघले जनाएको छ ।
महानगरले फुटपाथ र साना व्यवसायीहरुलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेको भन्दै संघलको आन्दोलन गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: