अन्तरघात गरेको आरोपमा खानेपानी मन्त्री चौधरी पार्टीबाट निलम्बित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको छ । नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीलाई अन्तरघात गरेको आरोप लगाउँदै निलम्बन गरेको हो ।

बारा क्षेत्र नम्बर १ का सांसदसमेत रहेका मन्त्री चौधरीलाई स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको समितिले आरोप लगाएको छ । यस्तै समितिले चौधरीसहित पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई समेत निलम्बन गरेको छ ।

उनीहरूमाथि स्थानीय तह निर्वाचनमा पार्टीको उम्मेदवार हराउन लागेको आरोप लगाइएको छ। उनीहरुलाई निलम्बल गरेको पत्र केन्द्रीय अनुशासन समितिमा पठाएको अनुशासन समितिका संयोजक अरुणकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्