ठूला परियोजनामा लगानी गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शु नेतृत्वको प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ । मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरेका थिए । अध्यक्षले बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए ।
नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तात्काल खोल्न पनि अध्यक्ष प्रचण्डले अग्रह गरे । नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने बताएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: ,