निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज पनि बयान जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आज पनि बयान जारी राखिएको छ । संसदको महाभियोग सिफारिस समितिले उनीसँग निरन्तर बयान लिइरहेको छ । आज पनि समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने र बाँकी रहेका ८ प्रश्नमा जबराको बयान लिने बताइएको छ । सम्भवतः आजै उनको अन्तिम बयान हुने छ ।

बयान लम्बिएन भने समितिले आजै बयान सकेर बाँकी प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ । उनले चौथो दिनको बयान सकिँदासम्म जबराले ३५ प्रश्नको जवाफ दिएका छन् । समितिले कुल ४३ प्रश्न तयार गरेर बयान लिइरहेको हो । गत फागुनमा जबराविरुद्ध महाभियोग दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array