निर्वाचन आयोगले १२ दलका प्रमुखलाई बोलायो छलफलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलका प्रमुखसँग छलफल गर्ने भएको छ । बुधबार अर्थात २९ गतेका लागि छलफलमा बोलाइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि बोलाइएको हो ।

आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो । आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array