नेप्सेमा गिरावट कायमै, कारोबार बढयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – नेप्से सूचक आज सोमबार पनि गिरावट आएको छ । सोमबार बजार १३.५९ अंकले घट्दा ८३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको हो। यस्तै, सोमबार बजार घटेर १९ सयको विन्दुलाई परीक्षण गर्न प्रयास गरेको छ। तर १९०७ को विन्दुमा ओर्लिए लगत्तै परिसूचक बढेको छ । गतिविधिले १९ सय नजिक माग सृजना हुने सम्भावना देखाउँछ।

कारोबारमा आएका अधिकांश उपसूचक समेत घट्दा समेत म्युचुअल फन्डमा खरिद कर्ताको चाप बढ्दा उपसमूह सामान्य बढेको छ। बाँकी १२ वटै उपसमूह घटेका छन्। एनआरआइसी र एनटीसी दुवैको सेयर मूल्य घट्दा अन्य उपसमूह १.७० प्रतिशत घट्यो। यस्तै, हाइड्रो र फाइनान्सका सेयरका पनि बिक्री चाप बाक्लो छ।

प्रतिनिधि उपसमूह १.४३ प्रतिशत घट्दा समेत युनाइटेड इदी मार्दी आरबीको सेयर ४.१७ प्रतिशत बढ्यो। यस्तै, बोटलर्स नेपाल तराईको सेयर पनि २ प्रतिशत उक्लिएको छ।कारोबारमा आएका मध्ये १४९ स्टकको सेयर घटेको हो। जम्मा २८ वटाको मूल्य बढेको छ।

प्रतिक्रिया दिनुहोस्

Array