जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच निर्वाचनमा तालमेल हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र नेकपा संयुक्तबीच निर्वाचनमा तालमेल गर्ने घोषणा भएको छ । नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने समेत तय भैसकेको छ । नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारणले सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने निर्णय भएको समझदारीपत्रमा उल्लेख गरिएको छ । सहमतिपत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा संयुक्तका चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन् ।

जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारी दिएर नेकपा संयुक्तका उम्मेदवार विजयी भएमा दुबै दलबाट कुन हवीप नलाग्ने समेत बताइएको छ । जनता प्रगतिशील पार्टीले दुवै दलको तर्फबाट उम्मेदवारहरूको औपचारिक मनोनयन पत्र प्रदान गर्ने र दुवै पार्टीको आपसी समझदारीमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची तयार गर्ने समझदारी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्