निर्वाचन एकीकृत सुरक्षा योजना पारित; तेस्रो घेरामा सेना खटाउने निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं– आइतबार आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित गरेको छ । ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ मा ‘३ तहको सुरक्षा घेरा बनाउने उल्लेख गरिएको छ । मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या यकिन गरि निर्वाचन सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा सेना खटाउने निर्णय भएको छ । भएको छ । गृहमन्त्री बालकृष्ण खाणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले योजना पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array