ललितपुर महानगरले सिल गर्यो लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – ललितपुरको लगनखेलस्थित मापदण्डविपरित बनाइएको मञ्जुश्री पेट्रोल पम्पमा महानगरपालिकाले सिल गरेको छ। उक्त पेट्रोल पम्प हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो।

‘महानगरप्रमुख चिरीबाबु महर्जनका अनुसार विगत ६ महिनादेखि जानकारी गराउँदा पनि अटेर गरेर नहटाएपछि अत्यधिक संवेदनशील भएकाले सिल गरेको बताएका छन । पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको उनले बताए। हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ।

प्रतिक्रिया दिनुहोस्