पेट्रोलियम व्यवसायीलाई दशै तिहारको मुखमा आन्दोलन नगर्न निगमको आग्रह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको आन्दोलन फिर्ता लिन नेपाल आयल निगमले आग्रह गरेको छ ।पेट्रोलियम व्यवसायीहरुले आजबाट पेट्रोलयम पदार्थको पीडीओ नलिने एवं भोलिबाट सबै नाकाबाट भारततर्फ लोड गर्न नजाने लगायतका कार्यक्रम सार्वजनिक गरेपछि निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
व्यवसायीहरुको मागप्रति निगम सकारात्मक रहेको र त्यसको समाधनको लागि आवश्यक पहलकदामी भइरहेको निगमले जानकारी दिएको छ ।

नेपालगञ्ज र धनगढीमा गत २१ गतेदेखि ढुवानी व्यवसायीहरुले हवाई इन्धनको प्रारम्भिक खरिद आदेश अर्थात पीडीओ (प्रोडक्ट डेलिभरी अर्डरंं) नउठाएपछि हवाई इन्धनको अभाव सिर्जना हुन नदिन व्यवसायीहरुलाई निगमले आग्रह समेत गरेको थियो। यता पेट्रोलियम व्यवसायीहरुले अन्य स्थानमा पनि आफ्नो माग पूरा नभएसम्म पीडीओ नउठाउने भनेका छन्।
निगमले दसैं तथा तिहारको समयमा पेट्रोलियम पदार्थको आयात, ढुवानी एवं बिक्री वितरण सहज बनाउन सहयोग गर्न व्यवसायीसँग आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: