स्रोत खुलाउन नपर्ने भएपछि बैंकहरु आफ्नै ग्राहकको बचतलाई रेमिट्यान्स बनाउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – रेमिट्यान्समा थप स्रोत खुलाउन नपर्ने भएपछि पछिल्लो समय बैंकका ग्राहकहरुले नै रेमिट्यान्स उल्लेख गरेर बचत गर्ने गरेका छन् । बढी ब्याज पनि पाइने र स्रोत पनि खोल्नु नपर्ने भएपछि धेरै ग्राहकहरुले यस्तो गर्ने गरेको जानकारहरु बताउँछन् । तरलता अभाव चर्किदै गएपछि बैंकहरुले निक्षेप बढाउने यो काइदा उपयोग गरिरहेको बताइन्छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई लाभ दिने उदेश्यले राष्ट्र बैंकले रेमिट्यान्समा १ प्रतिशत बढि ब्याजदर दिने व्यवस्था गरेको थियो । साथै रेमिट्यान्स भनेर स्वघोषणा गरेपछि बैंकमा निक्षेप राख्दा थप स्रोत खोल्नु पर्दैन । रेमिट्यान्स भनेर स्वघोषणा गर्नु नै आम्दानीको स्रोत भएपछि बैंकलाई निक्षेप बढाउने काइदाको बाटो फेला परेको छ । अरु शिर्षकमा भने १० लाख रुपैयाँभन्दा बढी निक्षेप राख्दा बैंकमा स्रोत उल्लेख गर्नुपर्छ ।
बैधानिक च्यानलबाट रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने र रेमिट्यान्सबाट आएको रकम बचत गर्नको लागि यस्तो सुविधा दिएको थियो ।
नेपाल राष्ट्र बैंकले गरेको उक्त व्यवस्था भए पनि ग्राहकको रेमिट्यान्स  हो होइन भनेर बैंकले थप हेर्दैन ।
ग्राहकले रेमिट्यान्स भनेर फारम भरेकै आधारमा १ प्रतिशत बढी ब्याज र थप स्रोत पनि खुलाएका छैनन् । तर पछि उक्त रकम रेमिट्यान्स नभए त्यसको जवाफदेहीता र जिम्मेवारी ग्राहक स्वयंले लिनुपर्ने सम्झौतापत्रमा हस्ताक्षर भने ग्राहकलाई बैंकहरुले गराएका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्