४ प्रदेशको आजदेखि समानुपातिकतर्फको मतपत्र छापिँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन आयोगले आज शनिवारदेखि चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ । आयोगले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना बनाएको छ । चार वटा प्रदेशका लागि झन्डै एक करोड ३१ लाख थान मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिएलगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिएका छन । आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ झन्डै २० लाख नमुना मतपत्र छापिँदैछ । आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो । देशभरिका सात सय ५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले त्यहीअनुसार मतपत्र छापेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array