सरकारले खानेतेलको कच्चापदार्थ लगायतका सामानमा घटायो कर, उपभोक्ता मूल्य घट्ला त?

खाद्य तेलको कच्चापदार्थ यस अघिनै नजिकिदो चाडपर्वलाई लक्षित गरि धेरै उद्योगले भण्डारण गरिसकिएकोले खाद्यतेलको बजारभाउ तुरुन्तै नघट्ने एक व्यवशायी बताउछन । 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– सरकारले खानेतेलको कच्चापदार्थ, पाम तेल लगातका सामानमा लाग्ने करका दरहरु घटाएको छ । मन्त्रिपरिषद बैठकले चालु आर्थिक वर्षको लागि बजेट मार्फत तय गरिएका करका दरहरु घटाएको हो । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको जानकारी दिएको छ । सरकारले करका दर पुननिर्धारण गर्न एउटा समिति गठन गरेको थियो र उक्त समितिको सिफारिसका आधारमा करका दरहरु परिवर्तन गरिएको हो ।

सरकारले वनस्पति घ्यू तेल उद्योगहरुले औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग गर्ने भन्सार उपशीर्षक १५०७.१०.०० को कच्चा भटमासको तेल, उपशिर्षक १५११.१०.०० को कच्चा पाम तेल र उपशीर्षक १५१२.११.०० को कच्चा सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार महसुलमा ९० प्रतिशत छुट गरेको छ । यस्तै सूर्यमुखी दाना, भटमास दाना, तोरी दाना, रायो दाना, क्यानोला र सर्स्युको दाना आयातमा समेत ९० प्रतिशत छुट गरेको छ  ।

यस्तै अन्य सामग्रीमा भन्सार उपशीर्षक ७२१३.९१.१० का वस्तुहरु बार, रड, हट रोल्ड सर्कुलर क्रस सेक्सनको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गर्ने निर्णय गरेको छ । साथै अन्तशुल्क दरबन्दीको शिर्षक ७२.०७ को मालवस्तु (फलाम ब्लेडलगायत) आयातमा लाग्ने अन्तशुल्क ३५ रुपैयाँको सट्टा २५ सय रुपैयाँ राखिएको छ ।

सेनिटरी प्याड उत्पादन उद्योगले उपशिर्षक ३९२०.४९.९० को कच्चा पदार्थ पिई फिल्म स्यानिटरी प्याड र उपशीर्षक ३९२१.१९.९० को कच्चा पदार्थ पर्फारेड पीई फिल्म आयात गर्दा अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

उद्योग विभागको सिफारिसमा अप्टिकल फाइबर केवल उत्पादन गर्ने उद्योगले कच्चा पदार्थको रुपमा आयात गर्ने स्प्रिङ स्टिल वायरमा भन्सार महसुल १० प्रतिशत लाग्ने र ट्वीस्टेड स्ट्रण्ड वायरमा भने भन्सार महसुल १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ ।

कच्चापदार्थको भन्सार र अन्तशुल्कमा छुट दिएसँगै छुट पाएका सामाग्रीको बजार मूल्य घट्नुपर्ने हुन्छ । के खाद्यतेल लगायतका सामग्रीको बजार मूल्य घट्ला त?

 खाद्य तेलको कच्चापदार्थ यस अघिनै नजिकिदो चाडपर्वलाई लक्षित गरि धेरै उद्योगले भण्डारण गरिसकिएकोले खाद्यतेलको बजारभाउ तुरुन्तै नघट्ने एक व्यवशायी बताउछन ।

तर सरकारी निकायका जिम्मेवारहरू भने तुरुन्तै मूल्य घट्ने बताउछन ।  के सरकारले बजार अनुगमन गरेर मूल्य घटाई उपभोक्तालाई राहत दिन सक्ला त ? प्रश्न खडा भएको छ ।

राजपत्र :

https://drive.google.com/file/d/10yjkQ9GFeN8tC3Ouxa-jriq3RG-5l1PG/view

प्रतिक्रिया दिनुहोस्

Array