भारतद्वारा कनिका निर्यातमा प्रतिबन्ध, नेपालका मदिरा उद्योगलाई धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – भारतले चामलको कनिका निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। बिहीबार कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै भारतले बासमतीबाहेकका अरु चामल निर्यातमा भने २० प्रतिशत कर लगाउने निर्णय गरेको हो। कनिकामा प्रतिबन्ध लगाएपछि प्रत्यक्ष असर मदिरा र ब्रुअरी उद्योगलाई पर्ने भएको छ ।

अहिले अधिकांश ब्रुअरीले चामलबाट बियर बनाउने गर्छन्। आन्तरिक राजस्व विभागका अनुसार भेरी डिस्टिलरी, हिमालयन डिस्टिलरी, कर्णाली डिस्टिलरी, प्रिमियर अर्गानिक्स र एभरेष्ट डिस्टिलरीले कनिकाबाट स्प्रिट बनाउँछन्। कनिका बन्द हुने बित्तिकै यी उद्योगले उत्पादनमा प्रभाव पर्ने छ।

भारत सरकारले उसिना र बासमती चामल निर्यातमा भने कर नलगाउने स्पष्ट पारेको छ। कर लाग्ने भएपछि सेतो र खौरो (ब्राउन) चामल सबैभन्दा बढी प्रभावित हुने बताइएको छ। भारतले निर्यात गर्ने कुल चामलको ६० प्रतिशत हिस्सा सेतो र खैरो चामलको छ। भारतले ग्लोबल राइस सिपमेन्टमध्ये ४० प्रतिशत हिस्सा ओगट्छ। चामल निर्यातका लागि भारतले थाइल्यान्ड, भियतनाम, पाकिस्तान र म्यानमारसँग प्रतिस्पर्धा गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: