साफ यू-१७: नेपालले आज भारतसँग खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज भारतसँग खेल्ने भएको छ । श्रीलंकाको कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

आज नेपाल भारतलाई हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने योजनामा रहेको छ । भारत पनि नेपाललाई हराएर समूह विजेता बन्न चाहन्छ । समूह ९बी० मा रहेको नेपाल र भारत यस अघि नै सेमिफाइनल पुगिसकेको छ । ३ अंक जोडेको नेपाल समूहको दोस्रो र भारत शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array