विपीका राजनीतिक चिन्तन अध्ययन गर्ने फुर्सद कुनै नेतालाई छैन: पूर्व राष्ट्रपति डा. रामवरण यादव

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – पूर्व राष्ट्रपति डा रामवरण यादवले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकता र नेताहरुमा रहेको बताए । यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका हुन।

बिहीवार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका छन। उनले नेपाली काँग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरेका छन । उनले विपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीनितक कार्यकता र नेताहरुलाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।

पूर्व राष्ट्रपति यादवले काँग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको पनि बताए । उनले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि बताए । पूर्व राष्ट्रपति यादवले स्थानीय निर्वाचनमा वडा र पालिकाहरुमा टिकट बिक्री भएको दाबी गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले काँग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरु पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको बताए ।

कार्यक्रममा बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पणसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array