म मन्त्री बनेपछि धेरै उद्योगीले बैंक सहुलियत र ऋण तिर्ने समय बढी पाएका छन: उद्योगमन्त्री बडु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ  – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले आफु मन्त्री बनेपछि धेरै उद्योगीले सहुलियत पाएको बताएका छन् । बिहीबार उद्योग मन्त्री बडुले ५ महिनाको कार्य प्रगति सार्वजनिक गर्दे आफु मन्त्री बनेपछि धेरै उद्योगीले सहुलियत पाएको बताएका हुन् । साथै, उनले उद्योगीले ऋण तिर्ने समय पनि बढि पाएको बताए ।

‘म मन्त्री हुँदा अर्थतन्त्र अस्वस्थ थियो, आयातको चाप बढि थियो, यो अवस्थामा आयात व्यवस्थापन र निर्यात प्रोत्साहनको नीति मैले लिए,’ उनले भने,’म मन्त्री बनेपछि धेरै उद्योगीले सहुलियत र ऋण तिर्ने समय पनि बढि पाए ।’

उनले चालू आर्थिक वर्षमा प्रधानमन्त्री नेपाली उत्पादन एवंम् उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न अवधारणा पत्र र कार्यविधिको मस्यौदा तयार भएको बताए । रोजगारी र उत्पादन बढाउन विभिन्न सहुलियत तथा सुविधा दिएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्