पल शाह मुद्दा: जिल्ला अदालत तनहुँमा असोज २ गते सुनुवाइ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा नायक पल शाह तनहुँ कारागारको थुनामा रहेका हुन । भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो ।

तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिएका छन । नायक शाहविरुद्ध नवलपुर अदालतले मङ्गलबार साढे दुई वर्ष कैद फैसला सुनाएको छ । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नायक शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै रु २५ हजार जरिवाना र रु दश लाख क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array