भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहिवार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्द समूहनै विजयी भयो ।

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन् । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्दी मनवीर छन्त्यालले ३९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

TAGGED: