साफ महिला फुटबल: बंगलादेशसँग माल्दिभ्स पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा माल्दिभ्सलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई जित दिलाउन कप्तान सबिना खातुनले दुई गोल गरिन् ।

यस्तै मसुरा प्रभिनले एक गोल गरिन् । खेलको ३२ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ३४ औं मिनेटमा मसुराले गोल गर्दा बंगलादेशले २–० को अग्रता बनायो । ४० औं मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन् । जितसँगै समूह ‘ए’ को बंगलादेशले पहिलो ३ अंक जोडेको छ । यता माल्दिभ्सले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array