कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीद्वारा सामूहिक राजीनामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूले सामूहिक राजिनामा दिएका छन् । मेडिकल अफिसर डा. करण साहविरुद्ध जारी पक्राउ पुर्जी फिर्ताको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन् ।

यसअघि इमर्जेन्सीबाहेकका सबै सेवा तथा अध्ययन अध्यापन ठप्प पारेका स्वास्थ्यकर्मीले आज उपकुलपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् । डा. साहलाई ‘झुटो’ ओरोपमा जारी गरिएको पक्राउ पुर्जी फिर्ता हुनुपर्ने र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुपर्ने मागसहित सामूहिक राजीनामा दिएको प्रतिष्ठानका फ्याकल्टी वेलफेयर कमिटी अध्यक्ष सूर्यमान लिम्बुले बताए ।

धनबहादुरका छोरा चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीबाडाका ६ वर्षीय पृथकविक्रम शाहीको उपचारमा डा. साहले बाल हिंसा गरेको दाबीसहित बालककी आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा भदौ १३ गते जाहेरी दिएकी थिइन् । नेपाल मेडिकल काउन्सिलले भने उपचारको क्रममा भएका कुनैपनि घटनाका बारेमा काउन्सिलको अनुसन्धान समितिले काम कारबाही गर्ने भएकाले आरोपितलाई पक्राउ पुर्जी वा मुद्दा दर्ता नगर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array