शेयर बजारमा आज पनि गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ  – सेयर बजार बुधबार पनि दोहोरो अंकले घटेको छ। बजार ११.९७ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९३९.८८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.३८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि ८२ करोड रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने १२ वटामा रातो पोतिएको छ।

यो दिन म्युचुअल फन्ड समूहमात्रै ०.७८ प्रतिशतले उकालो लागेको छ। आज व्यापार समूह सर्वाधिक २.४३ प्रतिशतले घटेको छ। लगानी समूह १.३ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.४१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८१ प्रतिशत, विकास बैंक समूह १.०७ प्रतिशत, जलविद्युत समूहमा ०.९५ प्रतिशत, वित्त समूहमा ०.७१ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.०९ प्रतिशत, अन्य समूहमा ०.५२ प्रतिशत, लघुवित्त समूहमा ०.७३ प्रतिशत र जीवन बीमा समूहमा ०।३९ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२४ कम्पनीका २९ लाख ४३ हजार ७६९ कित्ता सेयर ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल टेलिकमको सर्वाधिक ५ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ६१ लाख रुपैयाँबराबरको कारोबार भएको आज रिडी पावरको ३ करोड ५ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको २ करोड ६५ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ५४ लाख रुपैयाँ, अपी पावरको २ करोड ४३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ३९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड १५ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको १ करोड ८२ लाख रुपैयाँ र शिवम सिमेन्टको १ करोड ७६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

Array