कर्मचारीको सहयोगले मात्रै मुलुकको विकास हुन्छ: प्रधानमन्त्री शेरबहादुर देउवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे ।

’हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो’, उनले भने, ‘तर कर्मचारी तपाईहरु स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।’ उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

Array