तीन अस्पताललाई १० दिनभित्र कर तिर्न महानगरको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाले तीन अस्पताललाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ। महानगरले स्वयम्भुस्थित प्रस्तावित मनमोहन मेमोरियल कलेजको शिक्षण अस्पताल, सिविक अस्पताल र डेन्टल कलेज सामाखुसी, काठमाडौंलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको हो।

महानगरपालिका राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएता पनि अहिलेसम्म नबुझाएको भन्दै पत्र नै काट्नु परेको बताए। मंगलबारदेखि १० दिनभित्रमा सम्बन्धित वडा कार्यालयमा, जरिवानासहित कर नबुझाए कारबाही हुने उनले बताए।

- Advertisement -
Ad image

‘

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्