राष्ट्र बैंकद्वारा नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गर्ने सुपर लघुवित्त समस्याग्रस्त घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ  – नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ। केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै संस्थाका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेकोले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको जनाइएको छ।

राष्ट्र बैंकका अनुसार कम्पनीको प्राथमिक पुँजीकोष नै १०.३१ प्रतिशत ऋणात्मक भएको छ। राष्ट्र बैंकले स्थलगत अनुगमनपछि संस्थाभित्र भइरहेको दुरुपयोग पत्ता लगाएको थियो। त्यसपछि राष्ट्र बैंकले गत वर्ष चैत २ गते संस्थालाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावलीअन्तर्गत समस्याग्रस्त घोषणा किन नगर्नेबारे स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो। तर, संस्थाले चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेकोले समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्