कामु प्रधानन्यायाधीश दिपककुुमार कार्कीद्धारा बाजुरा जिल्ला अदालतको निरिक्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको निरिक्षण गरेका छन । बुधबार विहान बाजुरा पुगेका कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गरेका हुन ।

बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले बाजुरा जिल्ला अदालतको भौतिक संरचना र मुद्धाहरुको निरिक्षण सहित आवश्यक निर्देशन गरेको बताएका छन् ।

बाजुरा जिल्ला अदालतको निरिक्षणपछि कामु प्रधानन्याधिस सहितको टोली बझाङ जिल्ला अदालतको भवनको सिलान्यास गर्ने गरी बाजुराबाट प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । टोलीमा सर्वोच्चका मुख्य रजिष्टार नारायण पन्थी, सह रजिष्टार बावुराम दाहाल लगायतको सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array