नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने माथि बलात्कारको आरोप, किटानी जाहेरी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको किटानी जाहेरी परेको परेको छ ।
लामिछाने विरूद्ध १८ वर्ष भन्दा कम उमेरकी बालिकालाई बलात्कार गरेको आरोपमा आज साँझ काठमाडौं जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको जिल्ला प्रहरी परिसर टेकु श्रोतले बतायो ।

हाई प्रोफाइल केश भन्दै प्रहरी श्रोतले थप खुलाउन चाहेन।
केही सञ्चार माध्यममा आएका समाचारलाई पुष्टी गर्न हाम्रो टेकु सम्पर्क श्रोतलाई सम्पर्क गर्दा, समाचारमा सत्यता रहेको तर थप केही खुलाउन नसक्ने बतायो।
पीडितको आजै स्वास्थ्य परीक्षण भएको श्रोतको दावी छ।

प्रतिक्रिया दिनुहोस्