शेयर बजार र घरजग्गा कारोवारका कारण उपत्यकाका सहकारी समस्यामा

त्यस्तै काठमाण्डौ महानगरले अन्धाधुन्द पसल हटाउन थालेपछि त्यसको असर समेत सहकारीमा परेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
2 Min Read
Aa

केहि समय यता सहकारीमा समस्या आएका समाचारहरू सार्वजनिक भइरहेका छन्  । अधिकांस सहकारी शेयर बजारमा आएको गिरावट र घरजग्गाको कारोवारमा आएको मन्दीका कारण टाट पल्टिने अवस्थामा पुगेका छन् ।  खासमा सहकारी संस्थामा आर्थिक चक्र व्यवस्थित, पारदर्शी नहुदाँ र उचित अनुगमन नहुनाका कारण, काठमाण्डौ उपत्यकामा रहेका निकै सहकारी संस्था टाट पल्टिने अवस्थामा पुगेका छन् ।

घटेको शेयर बजार र घर जग्गाको कारोबारमा आएको मन्दीका कारण सहकारी थलिएका हुन् । अधिकांस सहकारीले गोप्य बचत जम्मा गर्ने र उक्त बचतलाई सहकारीको वास्तविक हिसाव खातामा नदेखाई सञ्चालक र प्रमुख व्यवस्थापकको मिलेमतोमा घरजग्गा र शेयर बजारमा लगानी गर्दा यो समस्या आएको हो । यसका लागि सहकारीले फरक फरक सफ्टवेयर प्रयोग गर्ने गरेको देखिन्छ । गोप्य रूपमा लिएको आवधिक वचत परिपक्क भएर फिर्तागर्नुपर्ने भएकाहरूको, अहिले दैनिक संकलन भइरहेको रकमबाट फिर्ता गरिरहेको सहकारी सञ्चालकहरू बताउछन् । त्यहिभएर दैनिक बचतगर्ने बचतकर्तालाई पैसा फिर्ता गर्न सहकारीलाई सकस भइरहेको छ ।

काठमाण्डौमा ख्यातिप्राप्त एक सहकारीका कर्मचारीका अनुसार उनी कार्यरत सहकारीले  यसरि गोप्य रुपमा प्राप्त भएको करिव ३५ करोड रुपैया शेयर बजारमा निवेश गरिएको छ । त्यस्तै अरू ४० करोड हाराहारी रकम जग्गामा निवेश गरेको छ । अधिकांस बहालवाला कर्मचारीको कालो पैसा भएकोले समस्या सतहमा नआएको उनको भनाइ छ । गत सनिवार सञ्चालक र यस्ता निवेशक कर्मचारीकोवीचमा बानेश्वरको एक होटलमा मिटिंग भयो । करिव ७० जना उपस्थित उक्त मिटिंगमा यो मन्दीभरि आवधिक वचतको पैसा फिर्ता नमाग्ने सहमति भएको छ । मङ्सिर निर्वाचन पश्चात आपसी सहमतिमा तालिका मिलाई समस्या समाधान गर्ने सहमति भएको छ ।

त्यस्तै काठमाण्डौ महानगरले अन्धाधुन्द पसल हटाउन थालेपछि त्यसको असर समेत सहकारीमा परेको छ ।

पारदर्शिता अपनाएका र अधिक महत्वाकांक्षा नबोकेका नीतिलाई पूर्णरूपमा पालना गरेका सहकारीमा भने कुनै समस्या रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array