एमालेले उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण माग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँँ – एमालेले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिससँगै आवश्यक विवरण पठाउन आग्रह गरेको छ।

निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस भएका व्यक्तिहरूको नाम र आवश्यक विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउँन अनुरोध गरेको हो ।
एमालेले नाम सिफारिससँगै नेपाली नागरिकताको प्रमाणपत्र, सम्पत्ति विवरण फाराम (सिलबन्दी गरी पेस गर्नुहुन), मतदाता नामावलीमा नाम भएको विवरण पनि पठाउन भनेको छ । जसमा मतदाता क्रम संख्या, वडा नम्बर, गाउँरनगरपालिका, प्रदेश र जिल्ला उल्लेख गर्न पनि स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: