धमाधम असनको फुटपाथ खाली गराउँदै काठमाडौं महानगर

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू पनि हटाउन सुरु गरेको हो ।

काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरू, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरू भोलि बिहानसम्म हटाउन निर्देशन दिएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array