सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश प्रस्ताव गरेको छ।कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्तावसँगै वार्षिक साधारणसभाको मिति पनि टुंगो लगाएको छ। कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य सञ्चित मुनाफामध्येबाट कम्पनीको वित्तीय विवरणमा उल्लेख गरिएबमोजिम चुक्तापुँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १५८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसका साथै कम्पनीले आफ्नो ११ औँ वार्षिक साधारणभा आउँदो कात्तिक २ गते आयोजना गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्