बीमा विधेयक आज राष्ट्रिय सभामा प्रस्तुत हुँदै, अर्थमन्त्री शर्माले प्रस्ताव पेश गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बीमा विधेयक आज राष्ट्रिय सभाबाट थप अघि बढ्ने भएको छ । आज अपरान्ह १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

अर्थमन्त्री शर्माले बीमा बिधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले छलफल गरेर संशोधन भए संशोधन प्रस्ताव अघि बढाउनेछन् । बीमा विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेको ७२ घण्टासम्म सांसदहरुले संशोधन प्रस्ताव पेश गर्न सक्नेछन् ।

आज बस्ने राष्ट्रियसभाको सम्भावित कार्यसूचिमा बीमा विधेयक २०७५ पहिलो नम्वरमा राखिएकोले बैठक सुरु हुने वित्तिकै मन्त्री शर्माले उक्त विधेयक पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: