निर्वाचनका लागि १० हजार ८ सय ८८ मतदान स्थल तोकियो ; मतदाताको सहभागिता बढ्ने अपेक्षा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं– सोमबार निर्वाचन आयोगले निर्वाचनका लागि देशभर १० हजार ८सय ८८ मतदान स्थल कायम गरेको विज्ञप्ति जारी गरिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८सय ८८ मतदान स्थल कायम गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल उक्त विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।
यसअघि देशभर १० हजार ७५६ मतदान स्थल तोकिएको थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४ सय १ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाकारी दिएको छ । साथै आयोगले मतदान स्थलको पुनरावलोकन समेत गरिसकेको छ । मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिंड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगको रहेको बताइउको छ ।

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मदनान स्थल कायम गरिएको बताइएको छ । मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको आयोगले बताएको छ ।

मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल पुनरावलोकन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array