भोलि २० गतेदेखि सरकारी कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवामा रोक

निर्वाचन आयोगले यस अघिनै दिएको निर्देशनअनुसार सरकारले आजबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम गर्न नपाउने भएको हो।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

घोषित मंसिर ४ गते घोषित निर्वाचनका कारण भोलि सोमबारदेखि सरकारले कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा लगायत कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि प्रष्ट पारेको छ।

निर्वाचन आयोगले यस अघिनै दिएको निर्देशनअनुसार सरकारले आजबाट कर्मचारीको सरुवा, बढुवा, नियुक्तिलगायतका कुनै पनि काम गर्न नपाउने भएको हो।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरुमा कर्मचारी व्यवस्थापन कमिटी यस अघिनै बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array