राजेन्द्र महतो धनुषा ३ र विनोद चौधरी नवलपरासी १ बाट उम्मेदवार सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) क्षेत्र नम्बर ३ को सोमबार बसेको बैठकले वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् । महतोको नाम प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको जानकारी दिएको छ । यस क्षेत्रबाट नेकपा एमालेले जुली महतोको नाम प्रतिनिधिसभाको लागि सिफारिस गरेको छ । अघिल्लो पटक नेपाली काङ्गे्रसका नेता विमेलेन्द्र निधिलाई महतोले पराजीत गरेका थिए । निधिको यस पटक समानुपातिकमा नाम सिफारिस भैसकेको छ ।
यस्तै नेपाली कांग्रेसले नवलपरासी पश्चिमका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिसकेको छ । क्षेत्र नं १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीसहित ५ जना सिफारि भएका छन् । क्षेत्र नंं। २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array